धिरेन्द्र भट्ट/काठमाडौ
इन्डियन प्रिमियर लिग(आईपिएल) को १६औं संस्करण आजबाट सुरु हुदैछ। प्रतियोगिताको उद्घाटन खेल चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स बीच हुनेछ। आजको खेल नेपाली समयअनुसार राती पौने आठ बजेबाट गुजरातको नरेन्द्र मोदि स्टेडियममा हुनेछ।
करिब २ महिना चल्ने यस प्रतियोगितामा १० टिम सहभागी छन्। राउन्ड रोविनको आधारमा खेलिने प्रतियोगितामा हरेक टिमले १४ वटा खेल खेल्नेछन्।
सन् २०२१ सम्ममा ११ टिम प्रतिस्पर्धा गर्दै आइरहेको प्रतियोगितामा २०२२ बाट गुजरात टाइटन्स र लखनऊ सुपर जायंट्स यी दुई टिम थप भएर ११ पुगेका छन्। गुजरातले २०२२ को आफ्नो पहिलो संस्करणको प्रतियोगितामा नै उपाधी जित्न सफल भएको थियो।
सन् २००८ बाट सुरु भएको आईपिएलको हालसम्म १५ वटा संस्करण सम्पन्न भएका छन्। जसमा पहिलो आईपिएलको संस्करण राजिस्थान रोयल्सले हात पारेको थियो। हालसम्म ६ टिमले आईपिएलको उपाधी जितिसकेका छन्।
मुम्बई इन्डियन्सले पाँच, चेन्नई सुपर किंग्सले ४, कोलकता नाइटराईडर्स ३ तथा सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र गुजरात टाइटन्सले १-१ पटक प्रतियोगिताको उपाधी जितिसकेका छन्।