धिरेन्द्र भट्ट/काठमाडौ
नेपालमा भुटानी सरणार्थीको समस्या अहिलेको होइन। करिब ३ दसक देखि भुटानी सरणार्थी समस्याको विषयमा आम नागरिकले चासो र समाधानको आसा राखिरहेका छन्।
भुटानी सरणार्थी भनेका नेपाली मुलका भुटानी नागरिक हुन। भुटान सरकारले सन् १९९० मा आफ्ना ती नेपाली मुलका नागरिकहरुलाई नागरिकता खोसेर लखेटेपछी ती सरणार्थी बनेर नेपालमा बस्दै आइरहेका थिए।
यो समस्या दसकौ अगाडि देखिको भएपनि यसपटक यो प्रकरणको स्वरुपमा आएको छ। जसकारण नेपाली राजनीतिमा यसले तरंग पैदा गरेको छ। पूर्व उपप्रधान तथा गृहमन्त्रीको समेत नाम यस प्रकरणमा जोडिनुले सरकारले अब चाल्ने कदममा सबै आम नागरिकको नजर तानिएको छ। यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहालले गत महिना एकएक गरि भ्रस्टाचारको फाइल खोल्ने आश्वासन दिएका छन्।
नेपालीहरुलाई नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा नेकपा एमाले सचीव एवं पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी फरार अवस्थामा छन्। उक्त प्रकरणमा रायमाझीको नाम मुछिएपछी प्रहरीले बैशाख २० गते उनिविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको दिन उनी अर्घाखाँचीको एक बिधालयको कार्यक्रममा थिए। त्यसपछि उनी काठमाडौ आउने भनी हिडेका थिए। काठमाडौ आउन लागेका रायमाझी बाटो बाटै प्रहरीको सम्पर्कबाट हराएका थिए। उनी गत मंसिर – ४ मा सप्पन्न निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
रायमाझी फरार रहेपनी प्रहरीले उनका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरि अदालतमा पेश गरेको छ। भुटानी सरणार्थी प्रकरणमा ठगिधन्दा तथा पैसा वसुल गर्ने गिरोहमा सन्दीप रायमाझी पनि सामेल रहेको आरोप रहेको छ।
उपराष्ट्रपति कार्यालयका सचीव टेक नारायण पाण्डे समेत यहि प्रकरणमा पक्राउ परेका छन्। एउटा पूर्वउपप्रधानमन्त्री मुछिएको कुरा चर्चामा रहेकै बेला नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम पनि अनुसन्धानको घेरामा आएको छ।
प्रधानमन्त्री दाहाललाई प्रकरण अनुसन्धानमा कत्तिको सकस?
विभिन्न दलहरूबिचको गठबन्धनबाट बनेको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सामेल रहेको छ। यस्तोमा आफैलाई समर्थन दिएको पार्टीको नेताको नाम अनुसन्धानको घेरामा आएपछि छानबिनमा कांग्रेसले सरकारलाई गर्ने सहयोग महत्वोपुर्ण बन्नेछ।
अर्कोतिर रायमाझी फरार रहेकै बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालसँगको भेटलाई तिब्रता दिएका छन्। जसले गर्दा अनुसन्धानको पारदर्शिता शंका उब्जन थालेको छ। ओलिले एउटा अन्तर्वार्तामा रायमाझीको बचाउ गर्दै “राजनितीक दल भनेको विवादित दलहरूलाई ओत दिने थलो भएको” बताएका छन्।
हुन त ओलिको यो प्रवृत्ति पुरानै हो। हत्याको अभियोग र ठगिको मुद्दामा प्रहरीले खोजिरहेका व्यक्ति लक्ष्मी महतो कोइरीलाई बचाउ गर्दै आइरहेका ओलिको ओत सतहमा नै छ। तर, हाल उनी प्रतिनिधिसभाको सदस्य बाट निलम्बित भएका छ। मंसिर -४ को निर्वाचनमा महोत्तरी-१ बाट निर्वाचित भएका कोइरी पनि फरार अवस्थामा छन्।
हिजो(शुक्रबार) मात्रै सरकारलाई समर्थन दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो समर्थन फिर्ता लिएको छ। सरकारबाट बाहिरिए पनि त्यसको तिन महिनापछि मात्रै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। अब यसकारण प्रधानमन्त्री दाहाललाई पुनः तेस्रोपटक प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने अवस्था देखिएको छ।
रास्वपा अध्यक्ष रवि लामिछाने सरकारलाई रहेको समर्थन फिर्ता लिने क्रममा भुटानी सरणार्थी प्रकरणमा सरकारले गरेको कारबाही सकारात्मक भएको बताएका छन्। उनले सुरुवात सकारात्मक भएपनि यो कहाँसम्म गएर टुङ्गिन्छ हेर्न बाकी रहेको बताए।
लामिछानेले आफु गृहमन्त्री रहदा पनि भुटानी सरणार्थी समस्याको विषयम ४-५ पटक छलफल भएको कुरा राखे। यो विषय निकै पेचिलो भएकाले सरकारले सुरुगरेको कारबाही कति पर सम्म जान्छ हेर्न बाकी रहेको उनले बताएका छन्।
अर्कोतिर दुई ठुला दल कांग्रेस र एमालेबाट मन्त्रालयको पद हाकिसकेका नेताहरूको नाम एकपछि अर्को आइरहेका बेला प्रधानमन्त्री दाहालको परिक्षा सुरु भएको छ। आफ्नै पुर्व सहकर्मी र सरकारमा सहयोगी दलका अभियुक्त नेताहरूलाई सरकारले थाल्ने अनुसन्धानले ठुलो महत्व राखेको छ।
यस्तोमा कांग्रेस नेता खाँड सरणार्थी प्रकरणमा मुछिएको प्रमाणित भएमा कांग्रेसले सरकारमा बस्ने नबस्ने बारेमा एकपटक सोच्नेछ। यदि त्यसो भएमा प्रधानमन्त्री दाहाल अल्पमतमा पर्नसक्ने खतरा उत्पन्न हुनेछ।