धिरेन्द्र भट्ट/काठमाडौ
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्। प्रहरीले अनुसन्धानका लागि भन्दै आज बिहान खाण र उनका निजी सचीव नरेन्द्र केसीलाई पक्राउ गरेको हो।
तर, पूर्वगृहमन्त्री खाण पक्राउ परे पनि पूर्वउपप्रधानमन्त्री भने पक्राउ परेका छैनन्। तिनि हुन नेकपा एमाले सचिव टोपबहादुर रायमाझी। जो अहिले फरार अवस्थामा रहेका छन्। बैशाख २० गते नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा रायमाझीको नाम मुछिएपछी उनी विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएको दिन रायमाझी गृहजिल्ला अर्घाखाँचीको एउटा बिद्यालयको कार्यक्रममा थिए।
प्रहरीले उनका छोरा सन्दीप रायमाझीलाई बैशाख २० गते रुपन्देहीबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौमा पेश गरेको थियो। बुबा टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कबाट हराएकै दिन सन्दीप पक्राउ परे।
प्रहरीको सुरक्षा घेरामा रहेका रायमाझी सोही दिन काठमाडौ आउन भनी हिडेका थिए। तर, प्रहरीकै सम्पर्कमा नरहने गरि उनी बीच बाटोबाटै सम्पर्कबिहिन बनेका थिए।
फरार रहेको ७ दिनपछि आजमात्रै रायमाझीले संसद सचिवालयलाई आफू बिरामी रहेको पत्र पठाएका छन्। यद्यपि उनको पत्र संसद सचिवालयमा आएपनी आफू कहाँ रहेको स्थानको खुलासा गरेका छैनन्। जसले गर्दा उनले बिरामी रहेको बताएको कुरामा शंका गर्नसकिने प्रयाप्त आधारहरू रहेका छन्।
यस प्रकरण अनुसन्धानमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भुमिका के?
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको चरित सशङ्कित पार्ने खालको देखिएको छ। अझ भनौं राष्ट्रको गम्भीर समस्याको रुपमा देखिएको यस प्रकरणमा उनले देखाएको अनुसन्धानको शैली सुस्त र फितलो भएको होकि भन्ने प्रश्नहरु उठ्न थालेका छन्।
किनभने संघीय सभाको संसद माथि पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई गृहमन्त्रालयको अनुमती चाहिन्छ। गृहमन्त्रीको अनुमतिमा सांसद रायमाझी माथी पक्राउ पुर्जी जारी हुँदा प्रहरीको सुरक्षा घेरामा रहेका अभियुक्त फरार हुँदा यस घटनाले अनेक शंका र सम्भावना उब्जाएको छ। जसले गर्दा गृहमन्त्री नै रायमाझी फरार अभियुक्तको सँगको संलग्नता रहेको आरोप साना र अन्य नयाँ दलहरूको रहेको छ। यद्यपि यसमा यकिन साथ किटान गर्न सकिने आवस्यक प्रमाणहरु भने छैनन्।
रायमाझी माओवादी केन्द्रका पूर्वनेता समेत हुन्। तत्कालीन नेकपा एमाले र नेपाल माओवादी केन्द्र मिलि बनेको नेपाल कम्युनिस्ट पार्टी बिभाजन पछि उनी एमाले प्रवेश गरेका थिए।
यस प्रकरण एकपछि अर्को ‘हाई प्रोफाइल’ का ब्यक्तिहरुको नाम बाहिर आउँदा ठुला दलका शीर्ष नेताहरू बिचको भेटवार्ताले तिब्रता पाइरहेको छ। आजै सिंहदरबारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच बैठक भएको छ। बैठककै दउरान बैठकमा गृहमन्त्री श्रेष्ठले पनि प्रवेश गरेका थिए।