धिरेन्द्र भट्ट
सरकारले अब विदेशमा रहेका नेपालीहरुले आवधिक निर्वाचनमा मतदान गर्नपाउने घोषणा गरेको छ।
आज(शुक्रबार) आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो घोषणा गरेका हुन्। राष्ट्रपति पौडेलले झण्डै २ घण्टा लामो सरकारको निति तथा कार्यक्रम सम्बोधन गरेका थिए।
सम्बोधनकै दौरान राष्ट्रपति पौडेलले केही समयअघि विदेशमा रहेका नेपालीहरुले आवधिक निर्वाचनमा मतदान गर्नपाउने घोषणा गरेको कुरालाई नयाँ आर्थिक बर्षबाट लागु गरिने घोषणा गरे।