कञ्चनपुर / भाद्र १८ गते
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना गरेको छैठौं बेल्डाँडी खुला नकाउट फुटबल प्रतियोगिता २०८० को उद्धघाटन बेल्डाँडी गाउँपालिका वडा न.१ का वडा अध्यक्ष गज बहादुर बिष्टले गरेका छन् ।
सोमबार देखि बेल्डाँडिमा सञ्चालन हुने बेल्डाँडी खुला फुटबल प्रतियोगिता २०८० को उद्धघाटन एक कार्यक्रमका बिच अध्यक्ष बिष्टले गरेका हुन। उनले एन्फा रेफ्री दिपक श्रेष्ठ लाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्धघाटन गरेको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले भने , खेलकुद विकासका लागि सधै वडा कार्यालय र बेल्डाँडी गाउँपालिका सधै अग्रसर हुने र क्लब लाई निरन्तर सहयोग रहने र आगामी अझै थप प्रभावकारी ढङ्गले क्लब लाई अगाडि बढाउने नितान्त सहयोग रहने प्रतिबद्धता गरेका छन् ।
उक्त दिन भएको पहिलो दिनको खेलमा एक्सेस मिटपोइन्ट विजय भएको क्लबका अध्यक्ष लोक बहादुर बलायरले बताउनु भयो। उनका अनुसार पहिलो दिनको खेल मा अल स्टार युवा क्लब लाई एक्सेस मिटपोइन्टले ट्राइबेकरमा ५-४ गोल अन्तरले हराउदै बिजय सुरुवात गरेको छ। उक्त खेलमा दुबै टिमले निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइवेकर बाट भएको थियो।
दोस्रो दिनको पहिलो खेल जननमुना युवा क्लब र अल स्टार युवा क्लब बेल्डाँडी( ऎ) बिच बिहान ८ बजे, दोस्रो खेल झिलमिला युवा समाज (बि) र लालझाँडी-११ बिच दिउसो १ बजे र उक्त दिनको अन्तिम खेल इगल एफसी वाणी र वाई बि स्टार दिउँसो ३ बजे हुनेछ ।