नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । आज भएको क्यान कार्यसमितिको मतदानमा खड्का सचिवमा निर्वाचित बनेका हुन्।
प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन्। कुल ८५ मत रहेकोमा ७५ मतको गणना सकिँदा पारसले ४३ मत ल्याएका छन् भने प्रशान्तको ३२ मत छ । अब १० मत मात्रै गन्न बाँकी छ । त्यसैले मतगणना नसकिँदै पारस प्राविधिक रूपमा विजयी भएका छन् ।
यसअघि आज मात्रै क्रिकेट संघका अध्यक्षमा चतुर बहादुर चन्द पुनः निर्वाचित भएका थिए। उनको विरुद्धमा कुनैपनी उम्मेदवारी नपरेपछि उनी सर्वसम्मतिले अध्यक्षमा चयन भएका थिए।