सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति जुटेको छ। शुक्रबार भएको वार्तामा सरकार र राहत शिक्षकबीच ५ बँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।
वार्तामा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए। यो सँगै आन्दोलनरत राहत शिक्षकहरुले आफ्ना सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
राहत शिक्षकहरुको आन्तरिकतर्फ हालका लागि १०० प्रतिशत नै कायम राख्ने सहमति भएको छ। परीक्षामा उत्तीर्ण भएका शिक्षकहरु स्थायी हुनेछन् भने अनुत्तीण भएका शिक्षकहरुलाई सरकारले आर्थिक प्याकेज दिनेछ ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष अधिकारीले ५ बुँदामा सहमति गरिएको बताए।
‘शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने गरी सहमति भएको छ,’ उनले भने, ‘राहत शिक्षक स्थायी भएका खण्डमा अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमति भएको छ, हामीले अहिलेलाई आन्दोलन फिर्ता लियौं।’
वार्तापछि मन्त्री राईले शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति गरिएको बताए।