September 19, 2021, Sunday
२०७८ आश्विन ३

पवित्रस्थलमा चलचित्र खिचेको आरोपमा चर्चित नाइजेरियाली निर्माता पक्राउ 

200

पश्चिमी नाइजेरियास्थित ओसुँ ओशोबु नामक पवित्र जङ्गलमा वय”स्क चलचित्रको रेकर्डिङ गरेको आरोपमा एक चलचित्र निर्मातालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ।

आदिवासी योरुबा समुदायको प्रजननकी देवी ओसुँको वासस्थान भनिने उक्त पवित्र जङ्गल संयुक्त राष्ट्रसङ्घको विश्व सम्पदा सूचीमा समेत समाविष्ट छ।

प्रहरीका अनुसार जङ्गलमा व”यस्क चलचित्र खिचेको आरोपमा किङ ब्लाक होक नामले परिचित तोबिलोबा जोलाओसोलाई पक्राउ गरिएको हो।

घटनाबारे अहिलेसम्म न त जोलाओसोले न त उनका वकिलले नै कुनै प्रतिक्रिया दिएका छन्।
ओसुँ ओशोबु जङ्गल ओशोबु सहरको बाहिरी भेगमा पर्छ।
जोलाओसो नाइजेरियाका एक चर्चित वयस्क चलचित्र निर्माता हुन् जसका ठूलो सङ्ख्यामा फलोअर छन्।

धेरै तिरबाट जाने बाटो रहेको उक्त पवित्र जङ्गलमा उनी कसरी छिरेका थिए र वयस्क चलचित्रको रेकर्डिङ उनले कहिले गरेका थिए भन्नेबारे स्पष्ट हुन सकेको छैन।बिबिसी