September 19, 2021, Sunday
२०७८ आश्विन ३

नेपाल विघुत प्राधिकरणका कर्मचारीले कुलमान घिसिङलाई बिदाई गरे

125

नेपाल विद्युत प्राधिकरणबाट चार वर्षे कार्यकाल पूरा गरेका कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाई गरिएको छ। विघुत प्राधिकरणका कर्मचारीले मंगलबार घिसिङलाई बिदाई गरेका छन्।

कार्यक्रममा प्राधिकरणका कर्मचारीले कुलमानलाई फेरि कार्यकारी निर्देशकका रूपमा प्राधिकरणमा ल्याउनुपर्नेमा जोड दिएका थिए।

उनीहरूले कुलमानलाई मायाको चिनो उपहार दिएका छन् ।

प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार कर्मचारीका तर्फबाट आज औपचारिक रूपमा घिसिङलाई बिदाई गरिएको छ ।

उनको चार वर्षे कार्यकाल भदौ २९ सकिएको थियो। बिदाई कार्यक्रममा केहिबेरमा घिसिङ बोल्ने कार्यक्रम छुट्याएकाे प्राधिकरणका एक कर्मचारीले बताए।