October 20, 2020, Tuesday
२०७७ कार्तिक ५

बहराइनमा कोरोना संक्रमित नेपालीको सख्या पछिल्लो थप १० सहित २२ पुग्यो

258

बहराइनमा कोरोना भाइरसबाट संक्रमित नेपालीको सख्या २२ पुगेको छ । बिहिबार सम्म प्राप्त जानकारी अनुसार थप १० नेपाली संक्रमित सहित काेराेना भाइरस संक्रमित नेपालीको सख्या २२ पुगेको हो ।
मनामास्थित नेपाली दूतावासका अनुसार क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको देखिएको हो ।

राजदूत पदम सुन्दासले केही समय अगाडि सल्मावाद स्थित एक क्याम्पमा एक जना विदेशी कामदारमा संक्रमण देखिएपश्चात त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएकोमा हाल १० नेपालीमा संक्रमणको पुष्टि भएको बताए ।
यसअघि त्यस क्याम्पमा भएका ९ नेपालीलाई कोरोनाको संक्रमण भएको देखिएको थियो । ३ जना भने अन्य क्याम्पमा बस्ने नेपाली थिए। राजदूत सुन्दास लाइ उदृत गदै नेपाली संचार माध्यमले जनाएका छन ।

Recent Update