September 19, 2021, Sunday
२०७८ आश्विन ३

नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

105

काठमाडौँ – सोमबार राति खसेको पहिरोले अवरुद्ध बनेको नारायगणगढ-मुग्लिन सडकखण्ड मंगलबार दिउँसोबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलो नजिक विभिन्न ५ ठाँउमा झरेको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि सडक सञ्चालनमा ल्याइएको हो ।

सडक आयोजनाका इन्जिनियर शिव खनालले डाँडाबाट लेदोसहितको झरेको हिलो र ढुंगा पन्छाएर सडक सञ्चालन गरिएको बताए ।