November 28, 2020, Saturday
२०७७ मंसिर १४

उपत्यकामा थप ६ सय ७३ जनामा कोरोना पुष्टि

159

काठमाडौं – काठमाडौं उपत्यकामा थप ६ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको हो।

त्यसमध्ये काठमाडौंका ५ सय ५५ जना, ललितपुरका ३५ जना र भक्तपुरका ८३ जना छन्।

अहिलेसम्म काठमाडौंमा १० हजार २८ जना, ललितपुरमा १ हजार १ सय ९१ जना र भक्तपुरमा १ हजार २९ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ।

Recent Update