October 17, 2021, Sunday
२०७८ आश्विन ३१

गाेठ बाट हराएको गाेरु दश महिना पछि गाेठमै भेटिएपछि….

1.7K

१० महिना अगाडि हराएको गाेरु १० महिना पछि भेटिएको

बिन्दु कुँवर /राेल्पा राेल्पाकाे सुनिल स्मृति गाउँपालिकाकाे खुंग्रीमा एउटा किसानको घरमा अचम्मकाे घटना घटेको छ ।गएकाे कात्तिक महिनाकाे १६ गते खुंग्रीका लोकु गिरीकाे एउटा गाेरु राति गाेठमा बाँधेकाे अवस्थामा हरायो।गाेरु हराएपछि लाेकु तनावग्रस्त भए ।राति गाेठमै बाधेकाे गाेरु हराए पछि लोकु ले गाउँ भरि हल्ला गरेर खाेजे ।

धेरै दिन उनलेे र गाउँलेले छिमेकी गाउँमा पनि खाेजे तर गाेरु कतै भेटिएन।उनलाई २ वटा संका लाग्यो कि चाेरले लियो कि गाेरु कुनै कारण मर्याे ? कम्तीमा १५ हजार जति मूल्य पर्ने गाेरु हराए पछि लाेकुलाइ हुने तनाव भयो ।गाउँमा जाेडा गाेरुलाई ४० देखि पचास हजार सम्म पर्छ ।कि दुबै गाेरु नभएको भए उनलाई ढुक्क हुने थियो ,तर उनी सँग एउटा गाेरु हराएपछि अर्को गाेरुकाे काम पनि भएन ।उनको खेतीपाती समेत प्रभावित भयो ।

महिना वित्दै गए उनलाई गाेरु भेटाउने आशा हराउदै गयो ।बाँधेकाे गाेरु हराएपछि गाउँ भरि निकै ठुलो हल्ला भयो ।सबै गाउँलेले लाेकुकाे गाेरु हराएको थाहा पाए ।तर साेमबार राति करिब १० महिना पछि उनको गाेरु जुन अवस्थामा हराएको थियोे त्यहि अवस्थामा भेटियो ।आफ्नै गाेरु आफ्नै गाेठमा उहीँ अवस्थामा भेटिदा लाेकु अचम्मित र भ्रमित भए ।

सुन्दा पत्यार नलाग्ने उक्त घटनाले छिमेकी पनि अचम्मित भए ।जुन दाम्लाे सँग गाेरु हराएको थियाे त्यहि दाम्लाे र त्यहि किलाेमा उक्त गाेरु बाधिएकाे भेट्टाएपछि लाेकुलाई के हाे के भयो उनलेे उक्त कुरा गाँउलेलाई पनि खबर गरे ।लाेकुकाे गाेरु हराएको राम्रोसँग थाहा पाएका स्थानीय छिमेकीले समेत याे घटनालाई अनाैठाे माने ।

सम्भवत उक्त गाेरु कसैले चाेरेर लिएको र कुनै कुरा महशुस गरेर फिर्ता गरेको हुन सक्ने स्थानीय अनिल भारतीले भने ।अनिलले भने दशै तिहार नजिकै गर्दा बोका बाखा हराउदै गरेको सुचना पटक पटक सुनिन्थ्याे सायद चाेरले फिर्ता गरेको हुनुपर्छ ।यती लामाे समयपछि चाेरले किन उक्त गाेरु फिर्ता गरेको हाेला गाउँमा सर्वत्र चासो बढेको छ ।उक्त घटना अनाैठाे लागेेपनि चाेरले फिर्ता गरेको हुनुपर्ने सबैकाे अनुमान छ ।