September 19, 2021, Sunday
२०७८ आश्विन ३

दाङमा करेन्ट लागेर तीन बाल बालिकाको निधन

169

दाङमा करेन्ट लागेर मंगलबार अपराह्न १ बजेतिर तीन बालबालिकाको मृत्यु भएको छ। जिल्लाको घोराही उपमहानगरपालिका – १० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित जानकारी दिए ।

स्थानीयवासी एक व्यक्तिको निधन भएका घरमा शुद्धशान्तिका लागि मोटर जोडेर कुलामा पानी तानिरहेका अवस्थामा सोही पानीमा पौडी खेलिरहेका उनीहरुलाई करेन्ट लागेको हो । मृत बालबालिकाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ