September 19, 2021, Sunday
२०७८ आश्विन ३

भारत सरकारले नेपालमा प्याज निर्यातमा प्रतिबन्ध : नेपाली व्यापारीले मनपरी मूल्य तोके

152

काठमाडौं – भारत सरकारले नेपालमा प्याज आउन प्रतिबन्ध लगाए पछि नेपाली बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ । व्यापारीले आफूखुशी मूल्य तोक्न थाल्दा प्याजको खुद्रा मूल्य १०० रुपैयाँ पुगेको छ ।

भारतले प्रतिबन्ध लगाएपछि भदौ २९ गतेदेखि नै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज आयात बन्द भएको छ ।

भारतले निर्यातमा प्रतिबन्ध लगाउनु केही दिनअघिदेखि नै नेपालमा प्याजको मूल्य बढ्दै गएको थियो । कालीमाटी फलफूल तथा तरकारी बजारको दैनिक मूल्यसूचीअनुसार गत १५ दिनमा प्याजको मूल्य करीब ८९ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

भदौ १६ गते थोकमूल्य प्रतिकिलो ४२ रुपैयाँ पर्ने प्याज त्यसयता मूल्य बढेर प्रतिकिलो ७५ रुपैयाँ पुगिसकेको छ।