September 19, 2021, Sunday
२०७८ आश्विन ३

सप्तरीका कोरोना संक्रमित ३५ वर्षीय पुरुषको मृत्यु

254

काठमाडौं- कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक कोरोना संक्रमितको ज्यान गएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

२८ भदौमा कोरोना पोजेटिभ देखिएका उनलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज (बुधबार) बिहान ६ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता सापकोटाका अनुसार एक वर्षयता मिर्गौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए । हप्तामा दुई पटक डाइलसिस गर्ने युवकमा उच्च रक्तचापको पनि समस्या थियो ।

यसअघि मंगलबार दिउँसो धरान उपमहानगरपालिका–१७ का ७३ वर्षीय पुरुषको मृत्यु भएको थियो ।