November 27, 2020, Friday
२०७७ मंसिर १२

संकटको बेला विकट भु-भागमा साइकल बाट उद्वार गर्दै सवुज गण

1.1K

नेपाली सेनाको सल्यान स्थित सबुज गणले जिल्लाका विभिन्न स्थानमा हुने आपत विपत्तिकाे समयमा तत्काल उद्दार कार्यलाई प्रभावकारी बनाउन नयाँ विधि प्रयोग गरेको छ । बर्षातकाे समयमा पहिरो गएर सडक अबरुद्ध हुदा ठुला सवारीसाधन उद्दारमा जान कठिन भएपछि त्यसको विकल्पमा बैकल्पिक बाटो बाट साइकल मार्फत पुग्नेगरि तयारी अगाडि बढाएको हाे ।

प्रमुख सेनानी कञ्चन बस्नेतका अनुसार ६ वटा साइकलमा केही प्राथमिक उपचारको सामाग्री बाेकेर तत्कालै टाेली घटनास्थलहरुमा पुग्ने छ । जिल्लाको बिकट पहाडी भु-भाग, सडक संजालको कम पंहुच र भएका सडकहरुमा समेत पहिरो गई सडक अवरुद्ध भई विपद व्यवस्थापन, खोज तथा उद्धार कार्यमा विगतमा परेको समस्या तथा कठिनाईलाई मध्यनजर गर्दै यस्तो कार्य सुरु गरेको प्रसे बस्नेतले जानकारी दिए ।

अभ्यास स्वरुप याे परिक्षण जिल्लाका विभिन्न भु-भागमा सेनाले गरिसकेको छ । सबुज गणले विपद व्यवस्थापन, खोज तथा उद्धार कार्यलाई थप प्रभावकारि रुपमा संचालन गर्दै लैजान विकट स्थान लगायत सडक संजालको कम पंहुच भएका स्थानहरुमा समेत तत्कालै गई उद्धार गर्न सक्ने गरी Tactical Level Search and Rescue (TLSR) तालिम, Collapse Structure Search And Rescue (CSSR) तालिम, Medical First Responder (MFR) तालिम, Waterman ship तालिम प्राप्त दक्ष जनशक्ति साथै गोंटा-६ Mountain Bike Cycle र आपतकालिन उद्धारका सामाग्रीहरु(Rescue Rope, Carabina, Figure 8, Harness, Entrenching Tool, Life Jacket , Multipurpose Knife, First Aid Box) सहित (Disaster Assessment And Response Team) DART Cycle Squad तयार गरी तयारी हालतमा राखिएको सबुज गणका सेनानी राजेश कार्कीले जानकारी दिए ।

सेनानी कार्कीका अनुसार उक्त DART Cycle Squad ले विपद उद्धारमा First Responder को रुपमा प्रस्तृत हुन Quick Response Team को कार्य, Disaster Assessment (विपदको प्रकार, धनजनको क्षति, स्थानिय स्तरमा सक्रियता र श्रोत साधानको उपलब्धता) गरी रिपोर्ट गर्ने, Priority Basis मा व्यक्तिको उद्धार र First Aid को कारवाहि पश्चात नजिकको स्वास्थ्य केन्द्रमा पठाउने, Area Secure And Search गर्ने, स्थानिय जनतालाई Psychological Support प्रदान गर्ने, Rear Response Team संग नियमित मिलाप राखी कार्यमा सहजिकरण गर्ने, स्थानिय स्तरका जनप्रतिनिधिहरु र स्थानिय स्वंयम सेवकहरुलाई खोज तथा उद्धार कार्यका लागि प्रोत्साहन र तयारी राख्ने जस्ता कार्यहरु गर्दछ । सेनाका अनुसार यस प्रकारको DART Cycle Squad पहाडी जिल्लाहरुमा विपद व्यवस्थापन, खोज तथा उद्धार कार्यमा एकदमै प्रभावकारी हुने गर्छ ।

Recent Update