September 19, 2021, Sunday
२०७८ आश्विन ३

प्याजमा कालोबजारी गर्ने २ व्यापारी पक्राउ

201

काठमाडौं–खरिद मूल्यभन्दा दोब्बरमा प्याज बेचेर उपभोक्ता ठगी गर्ने बल्खु तरकारी बजारका २ व्यापारीलाई पक्राउ गरिएको छ।

बुधबार काठमाडौं महानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा बल्खु तरकारी बजारभित्रका २ पसल चुली सगरमाथा इन्टरप्राईजेज र एसके सप्लायर्सले प्याजमा दोब्बर मूल्य असुलेको भेटिएपछि त्यसका संचालकलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले हिरासतमा लिएको हो।

प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा खरिद गरेको प्याज प्रतिकिलो १२० रुपैयाँसम्ममा बेचेका भेटिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।