September 19, 2021, Sunday
२०७८ आश्विन ३

अभिनेत्री उषा रजक सवारी दुर्घटनामा परी घाइते

182

अभिनेत्री उषा रजक सवारी दुर्घटनामा परी घाइते भएकी छन् । मंगलवार एक म्यूजिक भिडियोका लागि पहिरन छनोट गरेर घर फर्किने क्रममा सानेपामा विपरित दिशाबाट आएको स्कूटरले उषा सवार स्कूटरलाई ठक्कर दिएको हो ।

दुर्घटनापछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । उनको स्कूटरलाई ठक्कर दिने स्कूटरका चालकसँग लाइसेन्स नभएको जानकारी प्राप्त छ । दुर्घटनापछि सामान्य उपचार गरेर उषा घर फर्किएकी थिइन् ।

तर, साँझ असैह्य दुखाई भएपछि उनलाई परिवारका सदस्यले नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेका थिए । उनको बाँया पट्टीको घुँडा र टाउकोमा चोट लागेको तर बाहिर नदेखिएको निर्देशक सुव्रत आचार्यले जानकारी दिए ।

उषा बुधवार निर्देशक आचार्यको एक भिडियोमा अभिनय गर्ने तयारीमा थिइन् । उषा रजकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिँदै निर्देशक आचार्यले भने- ‘सिटी स्क्यान गरेर हेर्दा उनलाई भित्री चोट देखिएको छ ।

यद्यपि, उनको स्वास्थ्य अवस्था भने सामान्य छ ।