September 19, 2021, Sunday
२०७८ आश्विन ३

सल्यानमा गाडी दुर्घटना १४ जना घाइते

782

सल्यानमा गाडी दुर्घटना भएको छ। दुर्घटनाबाट १४ जना यात्रु घाइते भएका छन। भोटेचौर बाट श्रीनगर तर्फ गैरहेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा दुर्घटना भएको प्रहरीले बताएको छ।

१४ जना यात्रु सवार गाडी दुर्घटनाबाट ६ जना महिला अन्य पुरुष घाइते भएको उद्दारमा खटिएको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख गोविन्द थापा क्षेत्री बताएका छन ।

घाइते सबैको अहिले श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्येका १ जनालाई बढी चोट लागेको छ। उनिलाई थप उपचारको लागि रिफर गर्ने तयारी भैरहेको अस्पतालले जनाएको छ। ।गाडी सडकबाट २० मिटर तल खेतमा खसेको छ। गाडी कसरी दुर्घटना भयो भन्ने जानकारी नभएको र घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरिले बताएको छ।गाडी आज बिहान साढे १० बजे दुर्घटनामा भएको प्रहरी प्रमुख थापाको बनाइ छ ।