September 19, 2021, Sunday
२०७८ आश्विन ३

आफ्नो बारे झुट प्रचार गरिएकाे भन्दै सरस्वती खनाल द्वारा आपत्ति

261

जनसम्पर्क समिति साइप्रसकी महामन्त्री सरस्वती तिमल्सिना खनालले आफ्नो बारे जनसम्पर्क सम्पर्क साइप्रसकाे निर्णय भन्दै केही हल्लाहरु फैलाएको भन्दै आपत्ति जनाएकी छिन ।

आफू जनसम्पर्क समिति साइप्रसकाे इमानदार ,कर्तव्यनिष्ट ,बफादार र जिम्मेवार पदमा रहेको र आएका हल्लाहरुमा कुनै सत्यता नभएकोले कसैलाई भ्रममा नपर्न अनुरोध गरेकि छिन ।उनलेे एक विज्ञप्ति प्रकाशित गर्दै निहित स्वार्थमा रुमलिदै केही व्यक्तिहरुले केही समय निलम्बन गरेको भन्ने डम्फु बजाएर आफ्नो चरित्र हत्या गर्न खाेजेकाे बताइन ।

जनसम्पर्क समिति साइप्रसमा क्रियाशील सदस्य बढाउन केन्द्रमा पहल गराै,संगठनकाे आकार विस्तार गराै,आर्थिक पारदर्शिता किलेर गराै जस्ता कुरा उठाउदा उक्त विषय मन नपरेर केही ब्यक्तिले गलत निर्णय गरेको बताइन ।

साथै यस्तो कार्य गर्ने बिरुद्ध नेपाली काँग्रेस केन्द्रीय कार्य समिति तथा विभिन्न विभागमा उजुरी समेत गरेको जानकारी दिएकी छिन ।उजुरीको बिषयमा नेपाली काँग्रेसकाे विदेश बिभागमा बुझदा विभागले अनुचित रुपमा कसैलाई कार्वाही गर्न नमिल्ने बताएकाे छ ।विदेश विभाग स्रोतले दुबै पक्ष विच छलफल तथा बहस आन्तरिक रुपमा खराे रुपमा हुने गरेको पाइयो त्यहि बिषयले उग्र रुप लिएपछि यस्तो अवस्था आएछ ,चाडैं समस्या समाधानमा निर्देशन दिने बताएको छ ।सरस्वती खनाल राजनीति सँगै समाजसेवामा पनि उत्तिकै अग्रसर छिन ।दुखि, असाय,अशक्त र समस्यामा परेकाहरुकाे राहत तथा उद्दारकाे लागि उनलेे आर्थिक अभियान समेत संचालन गर्दै आएकि छिन।