September 19, 2021, Sunday
२०७८ आश्विन ३

नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने, मन्त्री हेरफेरको विषय छलफल हुने

153

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबारका लागि सचिवालय बैठक डाकेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बिहान ११ बजेलाई डाकिएको उक्त बैठकमा पार्टीभित्रको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषय छलफल हुने एक नेताले जानकारी दिए ।आगामी चैत्रमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउनेदेखि मन्त्रीहरूको हेरफेर लगायतका विषय बैठकमा छलफल हुने बताइएको छ ।