September 19, 2021, Sunday
२०७८ आश्विन ३

आजको मन्त्रिपरिषद बैठकबाट कुलमान नियुक्त हुन सक्छन्: ऊर्जामन्त्री पुन

118

काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बस्ने मन्त्रिपरिषद बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुनसक्ने बताएका छन्। कुलमानको पुनर्नियुक्ति हुने वा नहुने अन्योलका बीच आज बस्ने मन्त्रिपरिषद बैठकबाट नियुक्त हुन सक्ने उनले बताए।

‘मैले उहाँको (कुलमान) को पुनर्नियुक्तिको प्रस्ताव आईतबारै लगेको हुँ,’ मन्त्री पुनले नेपाललाईभसँग कुरा गर्दै भने, ‘सोमबारको नियमित मन्त्रिपरिषद बैठकले नियुक्त गरेन। सम्भवतःआज बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्त गर्न सक्छ।’

प्रधानमन्त्रीले विद्युत प्राधिकरण कार्यकारी निर्देशकको पुनर्नियुक्तिका विषयमा कानुनी प्रक्रिया के रहेछ भन्ने बुझ्छु भनेकाले ढिलाइ भएको मन्त्री पुनले स्पष्ट पारे।