November 27, 2020, Friday
२०७७ मंसिर १२

आफ्नै नेता-कार्यकर्ताप्रति देउवाको गुनासोः ‘मेरो विरोध गर्नेले ओलीको किन गर्दैनन्?’

174

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीका नेता कार्यकर्ताप्रति गुनासो गरेका छन्।

पार्टीभित्र सभापतिको विरोध गर्नेले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए। नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिले प्रदेश ५ का नेता कार्यकर्तासँग गरेको भर्चुअल संवादमा देउवाले भने,‘शेरबहादुर देउवाको विरोधमा सबै बोल्छन्। ओलीको विरोधमा कोही बोल्दैनन्।’

कांग्रेसमा सभापतिको विरोध गर्ने छुट रहेको उनले सुनाए। ‘मेरो विरोध गर्न  त जसले पनि पाएकै छ नि। मेरो विरोध गर्नलाई ठूलो कुरा होइन,’ उनले भने।

महाधिवेशनका लागि पार्टीको विधानभन्दा बाहिर चाहेर पनि जान नसक्ने उनले प्रष्टाए।

Recent Update