September 19, 2021, Sunday
२०७८ आश्विन ३

दशैंका लागि बसको अग्रिम बुकिङ खुला गर्ने बस व्यवसायीको तयारी

221

काठमाडौँ – झन्डै ६ महिनापछि आजदेखि मध्यम तथा लामो दूरीका बस सञ्चालन भएको छ । बस सेवा सुरु गर्न सरकारले ५० प्रतिशतसम्म भाडा बढाइदिएको छ । तर, त्यसका लागि कोरोना भाइरसविरुद्धको सतर्कता अपनाउनुपर्ने सरकारको निर्देशन छ ।

बस सेवा सुरु गर्दा ५० मात्र यात्रु बोक्न पाउने छन् । किनभने सँगसँगै यात्रु राख्दा कोभिड संक्रमणको डर छ । यसैबीच, गोंगबु नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ ।

कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सरकारको सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेसँगै आजदेखि कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो ।

टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आउने यात्रुसमेत बढेका छन् ।