November 28, 2020, Saturday
२०७७ मंसिर १३

सल्यानमा एक बृद्ध मृत फेला

186

सल्यानको पटारे बजार नजिकै एक वृद्ध मृत अबस्थामा फेला परेका छन् ।जिल्लाको शारदा नगरपालिका १५ का अन्दाजी ६२ वर्षीय प्रेम रावल मृत अबस्थामा फेला परेका हुन ।

बुधबार साँझ सिद्ध कुमाख गाउँपालिका १ पटारे बजारबाट मासु लिई घर फर्किदै गरेका रावल शारदा नदी किनारको सिँचाई कुलोमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापा क्षेत्रीले जनाएको छ ।

मृत्तक रावलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख थापाले बताएका छन ।

Recent Update