September 19, 2021, Sunday
२०७८ आश्विन ३

रुकुम पश्चिममा पनि सुरु ट्राफिक प्रहरीको तपाईंको मास्क खाेइ अभियान

904

मनाेज डाँगी /रुकुम पश्चिम

विभिन्न जिल्लामा सुरु भएको तपाईंको मास्क खाेई अभियान जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पनि सुरु गरेको छ । तपाईको मास्क खै अभियानको सुवात रुकुम पश्चिममा बिहिवार सुरु गरिएकाे हाे ।उक्त कार्यक्रमकाे उद्घाटनमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी कबिराज रोकाय तथा प्रहरी अधिकारीकाे उपस्थिति रहेको थियो ।

पहिलो दिन मास्क नलगाएर खंलगा वजारमा हिड्ने २ सय जनालाई निशुल्क मास्क बितरण गर्नुका साथै मास्क लगाउने तरिका सिकाइएको छ ।

कोरोनाको जोखिम बढ्दै गएको बेला सर्वसाधरण विना मास्क हिड्ने गरेको पाइएकाले आजबाट तपाईको मास्क खै अभियान संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिएका छ्न ।

यस्तै जिल्ला ट्राफिक प्रहरीले नियम विपरित चलेका १० ओटा मोटर साइकललाई कार्वाहि गरेको छ । जिल्ला ट्राफिक कार्यालय प्रमुख विश्वकर्माका अनुसार आज १० ओटा मोटर साइकललाई कार्वाहि गरिएको र ३ ओटा मोटर साईकललाई नियन्त्रणमा लिइएको हो ।

त्यस्तै सचेतनामुलक स्टिकर पनि टासिएको छ । ट्राफिक नियम पालना गराउन सवारी साधनमा स्टिकर टासिएको हो । लक डाउन खुलेसंगै सडकमा सवारीमो चाम बढेका कारण ट्राफिक नियमको पालाना गर्न उनकाे सबैलाई आग्रह छ ।