September 19, 2021, Sunday
२०७८ आश्विन ३

आज नेपाली रेल परिक्षणकाे लागि जनकपुर आउदै

191

सात महिनादेखि भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेल बिहीबार जयनगरस्थित रेल्वे स्टेसनमा आइपुगेको छ । परीक्षणका लागि शुक्रबार मध्याह्न जनकपुर आइपुग्ने भएको छ । 

नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो । कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा राखिएका थिए । अहिले दुवै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल ल्याउन लागिएको हो । बिहीबार जयनगर पुगेको रेल शुक्रबार जनकपुर पुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए । 

बिहीबार रेल नेपाल पुगे पनि फेरि भारत नै फर्किनेछ । सञ्चालन नभएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहने रेल्वे कम्पनीले जनाएको छ । त्यसको सुरक्षाको जिम्मा तत्कालका लागि भारतीय कर्मचारीलाई नै दिइएको छ । न्यारोगेजमा जनकपुर–जयनगर २९ किलोमिटर सञ्चालन हुँदै आएको रेल ०७१ माघदेखि बन्द भएको छ ।  नयाँ पत्रिका दैनिक बाट