December 6, 2020, Sunday
२०७७ मंसिर २१

नेकपाभित्रको विवाद मिलेसँगै नेकपा संगठन विभाग सक्रिय

186

काठमाडौं – तल्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी बनेको दुइ वर्ष नाघ्यो। तर, पार्टी एकताको काम अझै सकिएको छैन।

पार्टीभित्र अन्तर्विरोधका कारण नेकपा फुटको सँघारसम्म धकेलियो। यद्यपि, महिनौंसम्म चलको विवाद समाधान भयो। भदौ २५ गतेको स्थायी कमिटीको बैठकसँगै नेकपाभित्र देखिएको सबै समस्या हल भयो।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको सहमतिको प्रस्ताव बैठकबाट पास भएसँगै नेकपाभित्रको विवाद अन्त्य भयो।  पार्टीभित्रको युद्धविराम रोकिएसँगै दोस्रो केन्द्रीय कमिटीको निर्णयअनुसार चैत्र २५ देखि ३० गतेसम्म पार्टीको एकता महाधिवेशन गर्ने निर्णय भएको छ। पार्टी महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टी संगठन विभागले आफ्नो सक्रियता बढाएको छ। 

पार्टी एकताको बाँकी काम नसकिरहेका बेलामा संगठन विभागले भदौ २७ गते बैठक बसेर मंसिर महिनाभित्रमा सदस्यता नवीकरणको सक्‍ने निर्णय गरेको संगठन विभागको सदस्य खगराज भट्टले बताए।   असोज मसान्तभित्र पार्टी सदस्यहरूको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक, मंसिर मसान्तभित्र नवीकरण गरिसक्ने निर्णय भएको उनले बताए। 

नेकपाको संगठन विभाग प्रमुखमा उपाध्यक्ष वामदेव गौतम, उपप्रमुख जनार्दन शर्मासहित सदस्यहरू मातृका यादव, खगराज भट्ट, हरि अधिकारी, रेखा शर्मा सदस्य छन्। 

Recent Update