November 25, 2020, Wednesday
२०७७ मंसिर १०

कैलालीमा कार्यरत एक पत्रकार मृत फेला

228

धनगढी – कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छन्। जिल्लाको घोडाघोडी नगरपालिकामा २३ वर्षीया पत्रकार निर्मला पहराई मृत फेला परेकी हुन्।

पहराई घोडाघोडी नगरपालिका ५ को जंगलमा शुक्रबार रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

पहराई भदौ २१ गतेबाट सम्पर्कविहीन भएकी थिइन्। मृत्युको कारण भने नखुलेको छैन। पहराई रेडियो कैलालीमा समाचार वाचीकाको रूपमा कार्यरत थिइन्।

Recent Update