December 1, 2020, Tuesday
२०७७ मंसिर १६

एक मात्र छाेराकाे दुई मृगौला फेल ,उपचार खर्च नहुदा बिचल्ली

876

आमा अनिता छाेरा रबिका साथमा

गएको मंसिर २७ गते बाट सुरु भएको दुखकाे पीडा अनिल रसाइली र अनिता रसाइलीकाे लागि अझै कम भएको छैन ।उमेरले ४० क्रस गर्दै गरेका अनिल र अनिताकाे १९ बर्षकाे एकमात्र छाेरा रबि रसाइलीकाे दुबै मृगौला फेल भएपछि आमा वुवाकाे पीडा खपिनसक्नु छ ।

जन्म घर सर्लाही छाडेर २ बर्षका रबि बाेकेर अनेकौं सपना बुन्दै काठमाडौ छिरेका उनिहरु अहिले पिडै पिडाले थिचिएका छन । अनिल साहुकाे ट्याक्सी भाडामा चलाउथ्ये ,घर खर्च चलेकै थियो,छाेराकाे उपचार खर्चकाे जाे हाे पनि भएकै थियोे ।तर लामाे लकडाउनले उनको राेजिराेटि पनि गुम्याे,छाेराकाे नियमित चेकजाँच ,उपचार पनि प्रभावित भयो ।

मंसिर यता एकमात्र सन्तान रबिका दुबै मृगौला फेल भएपछि सबै सम्पति स्वाह भैसकेको छ ।छाेरालाई हप्ता हप्तामा चेकजाँच गर्नुपर्ने भए पनि आर्थिक अभावले १५ दिनमा चेकजाँच गर्ने गरेको आमा अनिताले दुखेसो पाेखिन ।

जति सकिन्छ आफ्नै खर्चले छाेराकाे उपचार गर्ने आट थियो, तर लकडाउनले ट्याक्सी बाट पनि कमाइ नहुदा अरुकाे सहयोगकाे खाचाे भयो अनिताले भनिन् ।

छाेराकाे ज्यान जसरी पनि बचाउन भएको कमाएको सबै सम्पति खर्चेर लागियाे,अब त के गरम कता जाम रुदै अनिता दुखेसो सुनाउछिन ।हप्तामा ३ हजारकाे सुइ लगाउनुपर्छ ,पटकपटक चेकजाँच गर्नुपर्छ,फलफूल किनेर खुवाउनुपर्छ ,बाबा आमाले कसरी बेहोर्नु मेरो उपचार खर्च रबि भन्छन् ।

अहिलेसम्म १० देखि ११ लाख पैसा उक्त परिवारले रबिकाे लागि खर्च गरिसकेको छ।काठमाडौंकाे बसुन्धारा स्थित एउटा साँघुरो काेठामा बस्दै आएका उनको पीडा त्यति बाहिर सार्वजनिक भएको छैन ।सहयोग कसरी पाइन्छ यसको प्रकृया हामीलाई थाहा छैन अब कसैले सहयोग गर्नुभयो भने छाेरा बाच्छ कि अनिता सबैलाई अनुरोध गर्छिन् ।

गाउँमा भएको घर पनि सकियो ।अनिल साहुकाे ट्याक्सी लिएर बजार निस्कन्छ तर कमाइ नभएपछि साँझ रित्तो हात फर्कन्छन ।छाेराकाे मृगौला पहिलेकै अवस्थामा आउने कुरामा उनको परिवारमा आत्माविश्वास छ ।भिडियो

Recent Update