November 27, 2020, Friday
२०७७ मंसिर १३

राष्ट्रपति द्वारा रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसी एक नम्बरमा सम्मानित

1.6K

राष्ट्रपति बिद्यादेवी भण्डारी बाट संविधान दिवसको अवसरमा रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसी नेपाल प्रताप आभूषण पदकबाट एक नम्बरमा सम्मानित भएका छन ।

अपराध अनुसन्धानमा अब्बलता ,काेराेना भाइरस नियन्त्रण तथा समाजसेवा आदि क्षेत्रमा याेगदान गरे अनुसार मुल्यांकनकाे आधारमा नेपाल सरकारले उक्त पदक प्रदान गरेको हाे ।

डिएसपी केसी लागू ओैषध काेराेबारी नियन्त्रण ,तथा अन्य जिल्लामा घटने घटनाहरुमा संलग्नलाई समाउन उत्कृष्ट मानिएका छन ।राज्यको नियम कानुन कार्यन्वयनमा निडर मानिने केसीले रुकुममा जहाँ बस्ती त्यहा प्रहरी गस्ती अभियानलाई प्रभावकारी बनाएका छन ।

नियम कानुन भन्दा एकरत्ति पनि तलमाथि गर्ने छैन भन्दै रुकुम पश्चिमकाे प्रहरी कमान्ड समालेका डिएसपी केसीले रुकुममा घटेका ठुला ठुला घटनाको पनि गम्भीर अनुसन्धान गरि संलग्नलाई समातेर चर्चामा छन !

Recent Update