November 28, 2020, Saturday
२०७७ मंसिर १३

नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक नेपाली सेनाका जवानको मृत्यु

210

काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट एक जना नेपाली सेनाका जवानको मृत्यु भएको छ । रामेछापका २९ वर्षीय एक जना युवकमा मृत्युपछि कोरोना पुष्टी भएको थियो ।

काठमाण्डु उपत्यकाको एक युनिटमा कार्यरत जवानको उपचारको क्रममा मृत्यु भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलले नेपालमा सेनाभित्र कोरोनाबाट मृत्यु हुने ती जवान पहिलो भएको काठमाण्डुपाटीलाई जानकारी दिए ।

ब्‍लड क्यान्सरका बिरामी रहेका ती जवानको २९ गते मृत्यु भएको थियो । मृत्युपछि पिसिआर परीक्षण गर्दा असोज १ गते कोरोना संक्रमण पुष्टि भएको प्रवक्त पौडेलले जानकारी दिए ।

यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ ।

Recent Update