November 29, 2020, Sunday
२०७७ मंसिर १४

साेमबार काेराेनाका थप एक हजार एक सय ५४ नयाँ संक्रमित ,१६ जनाकाे निधन

204

सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।यस्तै पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ।त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।

Recent Update