November 27, 2020, Friday
२०७७ मंसिर १२

राेल्पामा ९ किलो ८२ ग्राम अफिम सहित दुई महिला पक्राउ

2.1K

मनाेज डाँगी /रुकुम पश्चिम , रोल्पा प्रहरीले ९ किलो ८२ ग्राम अबैध अफिम लागू ओैषध सहित दुई जनालाई महिला पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार असोज ५ गतेको दिन साँझ रोल्पाको थबाङ गाउँपालिका वडा न २ छेर्लाबाङ स्थित गोरेटो बाटोमा लागू औषध कारोवार भैरहेको गोप्य सुचनाको आधारमा उनीहरूलाई अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको हाे ।

जिप्रका रोल्पाबाट खटिएको टाेलीले रितपूर्वक खानतलासी गर्दा निजहरुले बोकेको झोलाबाट ९ के.जी. ८२ ग्राम लागु औषध अफिम सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक तथा प्रहरी प्रबक्ता शकर खडकाले जानकारी दिएका छ्न ।
पक्राउ पर्नेहरुमा थबाङ गा.पा.२ बस्ने बर्ष ३६की ज्योति रोका साेहिका बर्ष ४५ कि मुलि झाकिलाई पक्राउ गरेको हाे ।उनीहरुलाई थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रबक्ता खड्काले जानकारी दिए ।

Recent Update