December 1, 2020, Tuesday
२०७७ मंसिर १६

रुकुमको चौरजहारीमा थप १० जना कोरोना पोजेटिभ

594

मनाेज डाँगी /रुकुम पश्चिम,
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज थप १० जनामा कोरोना पाेजेटिभ देखिएको छ । चौरजहारीमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा १० जनामा कोरोना देखिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलका अनुसार थपिएका संक्रमितहरु सबै चौरजहारी नगरपालिकाका हुन ।

चौरजहारी नगरपालिकाका ६० जनाको स्वाबको नमुना परिक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको रावलले जानकारी दिए । जिल्लामा संक्रमित मध्ये ६५ जना उपचार पछि स्वस्थ भएर डिस्चार्ज भैसकेका छन भने संक्रिय संक्रमितको ४० जना रहेका छन ।

केही दिन अगाडि भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई संक्रमन पुष्टि भएको हो । चौरजहारी नगरपालिका वडा नम्बर ७ र ८ का पाँच÷ पाँच जनामा संक्रमन देखिएको हो ।

Recent Update