December 6, 2020, Sunday
२०७७ मंसिर २१

भारत र चीनबीच सीमामा थप सैनिक परिचालन नगर्न सहमति

231

एजेन्सी–भारत र चीन सीमामा थप सैनिक परिचालन गर्ने कार्य बन्द गर्न सहमत भएका छन्। दुवै देशबीच सैनिक कमाण्डरस्तरमा भएको छैटौं चरणको वार्तामा उक्त सहमति भएको हो।

वार्तापछि जारी संयुक्त वक्तव्यमा अन्त्य गर्न थप वार्ता र छलफल गर्ने सहमति भएको पनि जनाइएको छ। संयुक्त वक्तव्यमा सहमतिलाई गम्भीरतापूर्वक लागू गनुपर्ने आवश्यकता उल्लेख गर्दै कुनै पनि पक्षले सीमाको अवस्थालाई उल्लंघन गर्न नहुने बताइएको छ। यस्तै, वास्तविक नियन्त्रण रेखा (एलएसी) को अवस्थालाई स्थिर गर्न प्रयास गर्ने सहमति पनि दुवै देशबीच भएको छ।

यसका साथै सीमामा कुनै पनि निर्माण कार्य नगर्ने सहमति पनि भारत र चीनबीच भएको छ।

Recent Update