November 28, 2020, Saturday
२०७७ मंसिर १४

उपत्यकाका तीन जिल्ला प्रहरी कार्यालयहरुमा मानव अधिकारबारे प्रशिक्षण सुरु

183

काठमाडौं- काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रहरी कार्यालयहरुमा मानव अधिकारबारे प्रशिक्षण सुरु गरिएको छ।

उपत्यकाका २ सय ४३ प्रहरी युनिटमा बुधबारबाट मानव अधिकारबारे प्रशिक्षण सुरु गरिएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। 

डिआइजी र एसएसपीहरु नै प्रहरी कार्यालयमा गएर प्रशिक्षण दिइने डिआइजी पोखरेलले जानकारी दिए।

पछिल्लो समय फिल्डमा खटिएका तल्लो दर्जाका प्रहरी कर्मचारीबाट मानव अधिकार उल्लंघनका घटना भएको पाइएपछि प्रशिक्षण दिन सुरु गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। 

Recent Update