October 20, 2020, Tuesday
२०७७ कार्तिक ५

मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना सामान्य सर्तक रहन आग्रह

219

आज शुक्रबार देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही एक(दुई स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनमा हाल देशका पश्चिमी भू(भाग तथा पहाडी भू(भागका थोरै स्थानमा आँशिक बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाले देशको पहाडी भू(भागका एक(दुई स्थानहरुमा मेघ गर्जन चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Recent Update