November 25, 2020, Wednesday
२०७७ मंसिर ११

नेपाली श्रमिकलाई दक्षिण काेरिया प्रवेशमा प्रतिबन्ध

1.6K

काठमाण्डौ – कोरोना महामारीका कारण दक्षिण कोरियाले नेपाली श्रमिकको प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

कामदारको प्रवेशमा तत्काललाई प्रतिबन्ध लगाएको कोरियामा रहेको नेपाली दूतावासले जनाएको छ । तर महामारीको अवस्थालाई मध्यनजर गर्दै फेरि अर्को निर्णय गर्ने कोरियाले जनाएको छ ।

नेपालमा लकडाउन भएकै अवस्थामा केही श्रमिक कोरिया गए पनि अहिले कोरियाले नेपालीको प्रवेशमा रोक लगाएको हो । यस्तै सरकारले कोरियन एअरलाई अक्टोबर महिनाका लागि सिओल काठमाण्डौ एकतर्फी उडानको अनुमति दिएको छ ।

जसअनुसार कोरियन एअरबाट घर फर्कन चाहाने नेपालीहरुले एअरलाइन्सका स्थानीय प्रतिनिधि बिनोद कुँवरलाई ०१०–३२८१४७८३ मा सम्पर्क गर्न सक्नेे छन् । कोरियन एअरले अक्टोरबर ९ मा नेपालका लागि उडान भर्दैछ ।उज्यालो बाट

Recent Update