November 27, 2020, Friday
२०७७ मंसिर १३

घट्न थाल्यो नारायणीको बहाव

204

नवलपरासी – नारायणी नदीमा पानी बहाव बिस्तारै घट्न थालेको छ। बिहीबार राति ११ बजे नदीमा पानीको बहाव चार लाख १६ हजार क्युसेक प्रतिसेकेण्ड मापन गरिएको जलमापन केन्द्र बाल्मिकिनगरले जानकारी दिएको छ। 

शुक्रबार बिहान ५ बजे पानीको बहाव चार लाख आठ हजार क्युसेक प्रतिसेकेण्ड मापन भएको छ। गसात लाख क्युसेक प्रतिसेकेण्ड बहाव थेग्न सक्ने क्षमता भए पनि गण्डक ब्यारेज पुरानो भएकाले चार लाखदेखि ५ लाख क्युसेकसम्म मात्र थेग्न सक्ने आँकलन गरिएको गण्डक ब्यारेजका लाइजन अफिसर तारासिं थापा बताए। पानीको बहाव बढ्न थालेपछि बिहीबार बिहान १ बजेदेखि ब्यारेजका ३६ बटै ढोका खोलिएको थियो। यस्तै, गण्डक पूर्वी नहर र पश्चिम नहर पुर्णरुपमा बन्द गरिएको छ। 

गण्डक ब्यारेजमा पानीको बहाव तीन लाख क्युसेक प्रतिसेकेण्ड पुग्नुलाई खतराको सूचक मानिन्छ। खतराको सूचक नाघिसकेकाले पश्चिम नवपरासीका करिब ४० गाउँ डुवानको जोखिममा परेका छन्।

Recent Update