December 1, 2020, Tuesday
२०७७ मंसिर १६

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा ओली–प्रचण्ड

120

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ।

मन्त्रिपरिषद् पुनर्गठनको  बिषयमा छलफल गर्नका लागि अध्यक्षद्धय बीच भेटवार्ता सुरु भएको हो।  मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल गर्नका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए। ‘मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल भइरहेको छ।

बिहिबार पनि उहाँहरूबीच छलफल भएको थियो। त्यहीको निरन्तरतामा उहाँहरु छलफलमा जुट्नुभएको छ’ उनले भने। प्रधानमन्त्री ओलीले केही नेताहरुलाई मात्रै विदाई गरेर रिक्त स्थान परिपूर्ती गर्ने पक्षमा छन्।

तर, अध्यक्ष दाहाल दुई वर्षे कार्यकाल पुरा भइसकेका हरुलाई बिदा गरेर नयाँ अनुहार ल्याउने पक्षमा रहेको बुझिएको छ।  प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बिहिबारको भेटवार्ताको क्रममा यही बिषयमा कुरा बाझिएको थियो।

तर, आजको बैठकलाई अन्तिम गृहकार्यको रुपमा हेरिएको स्रोतको दाबी छ। 

Recent Update