December 4, 2020, Friday
२०७७ मंसिर २०

अक्टोबर देखि सबै प्रतिबन्धहरु खुलाउदै जापान सरकार

453

जापानले अक्टोबरदेखि सबै देशका आगन्तुकका लागि आफ्नो देशको सीमा खुलाउने भएको छ । प्रधानमन्त्री योशिहिदे सुगाले शुक्रवार यस्तो बताएका हुन् । सुगाका अनुसार विद्यार्थी समेतका सबैलाई प्रवेश गर्न दिइनेछ । यो सूचिमा पयर्टकहरु भने छैनन् ।

यो कदम कोरोना भाइरसको महामारी फैलिन नदिन लागू गरिएको प्रवेश प्रतिबन्धमा सबैभन्दा ठूलो फुकुवा भएको संचार माध्यमहरुले जनाएका छन ।याे खबर बाट जापान जान पर्खाइमा रहेका हजारौं मानिसहरु खुसि भएका छन ।

‘अर्थतन्त्रलाई पुनःजीवित गर्न अन्तरराष्ट्रिय यात्रा सुचारु गर्नु अपरिहार्य छ,’ कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गठन गरेको कार्यदलसामु सुगाले भनेका छन ।

हालैका हप्तामा नयाँ संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । जापानी विश्वविद्यालयहरुमा फल सेमेष्टर शुरु हुँनै लागेको बेलामा पछिल्लो कदम चालिएको हो ।

Recent Update