November 28, 2020, Saturday
२०७७ मंसिर १४

समृद्ध नेपालमा उज्यालो नेपालकाे यात्रा

597

सुरसा खड्का

हिजो आज नेपालमा उज्यालो नेपाल र समृद्धि नेपाल बनाउने कुरामा चर्चा परिचर्चा भएको पाइन्छ | उज्यालो नेपाल चर्चा परिचर्चा भने सबैको आवश्यकताको विषय बनेको छ । किनकि देशलाई सबै क्षेत्रमा उज्यालो बनाउनु छ । देशको विधुत विकाश गरी राष्ट्रको आर्थिक विकाशलाई सबल ,सक्षम बनाउनु छ ।

समृद्ध नेपाल बनाउनुमा सबैभन्दा ठुलो भुमिका यहाँकाे बिद्धुत उत्पादन नै हाे ।हामी कहाँ आर्थिक समृद्धिकाे प्रमुख आधार यहाँको जलस्रोत नै हाे ।यसको उपयाेग गर्दै समृद्ध नेपालमा उज्यालो नेपालकाे यात्रा सफल बनाउन राज्यकाे ठुलो लगानी आवश्यक छ ।

समृद्ध नेपाल र सुखी नेपाल काे लागि हाम्रो सम्पति भनेको बिधुत उत्पादन नै हाे । हाम्रा नदिनाला बाट बत्ती उत्पादन गरेर त्यसलाई बिक्री गरेर नेपालले धेरै आर्थिक लाभ लिने कुरामा संका नै छैन ।यसको लागि राज्यले पहल र प्रयास नगरेको त हाेइन तर ती प्रयास र पहलहरु अलपत्र छन ।सम्पन्न हुनै लागेका कयौं याेजनाहरु विचमै राेकिने,समयमै याेजनाहरु पुरा नहुने याे ठुलो समस्या छ ।ठुला ठुला मेघावाटका याेजनाहरु सायद यतिबेला सम्म सम्पन्न हुनुपर्ने हाे ,तर ती समयमै सम्पन्न नहुदा अपेक्षाकृत आशा पुरा हुन सकेको छैन ।

केन्द्रीय लाइनमा अहिले लाेडसेरिङ अन्त भए पछि उपभोक्ताहरुमा कति धेरै खुसि छ ।वास्तवमा याे खुसि सबै नेपालभर विस्तार हुनु अहिलेकाे आवश्यकता पनि हाे । यसको एउटा गतिलो उदाहरण जनकपुरमा रेल आउदा जनकपुर बासि मात्र खुसि छन् जहाँ सम्म किनकि नेपालका थुप्रैलाई रेल देख्ने आशा सबैको छ , तर रेलको मज्जा अरुले थाहा पाइरहेको हुदैनन् ।

त्यसैले उज्यालो नेपाल को चर्चा नेपालभरी हुनु र सबैले गुनगान गाउनु स्वभाविक हो ।मानिसहरु बत्तीको आवश्यकता बाट कति पिडित रहेछन् भन्ने कुरामा कुलमानसिङ घिसिङकाे कार्यकाल सकिदा देखिएको नागरिककाे समर्थन बाट प्रस्टै हुन्छ ।

बिद्यार्थीले पहिले जस्तो पढ्न मट्टीतेल बाल्नु पर्दैन । उद्योग सञ्चालन गर्न सजिलो भएको छ । म जन्मेको म हुर्केको गाउँ रुकुमको , खारा ,झुल्नेटा पनि सुगम भित्रकै दुर्गम राजमार्गले छुदा समेत पनि विधुत बाल्न नसकेका हामी रातभरी पढ्दा पनि निगालाको झिरहरु बालेर पढ्ने गर्थ्याे । सानो टुकीमा तेल हालेर बत्ति बाल्दै पढेर कटाएका ति बाल्यकालका रातहरु अझै अविष्मरणीय छन् ।

आज घरछेउमा गाडीएका पोलहरुमा केन्द्रीय लाइन पुगेको छ । त्याे बत्ती देख्दा सबै सर्वसाधारण को मनमा खुसीको पहाडले अड्डा जमाएको छ ।तर कतिपय धेरै दुर्गम गाउँमा बत्ती नहुदा अहिलेकाे युगमा कति पीडा छ हाेला ? काेराेना भाइसले निम्त्याएको याे संकटमा झन बढि बत्तीको आवश्यकता महशुस भएको छ ।बत्ती नभएका गाउँहरु पुरानै चलनलाई निरन्तरता दिएर बाँचिरहेका छन । त्यस्ता ठाउँहरुमा राज्यले चाँडै बत्ती विस्तार गर्नुपर्छ ।

नेपालमा थुप्रै ठाउमा विधुतबाट उज्यालो नेपालबाट वञ्चित भएका गाउँको अबस्थालाई मध्यनजर गर्दै देशको अर्थिक, सामाजिक, विकासमा तीब्रता दिन र जलविधुतको दीगो विकासको राज्यले प्रभावकारी , नीतिगत कार्यान्वन र तीब्र रुपमा समस्या समाधान गर्न अत्यन्त आबश्यक छ ।
लेखक सुरसा खड्का एमविएस तेस्रो सेमेस्टर छिन

Recent Update