November 28, 2020, Saturday
२०७७ मंसिर १४

दशैँ तिहारका सामान नाकामै अलपत्र

141

काठमाण्डाै – दशैँ सुरु हुन एक महिना पनि बाँकी छैन । कोरोना महामारी नभएको भए यतिबेला बजारमा किनमेलको चहलपहल सुरु भइसकेको हुन्थ्यो । दशैँ तिहार आउनु दुई महिनाअघि नै नेपाली व्यापारी चीन पुग्थे, सर-सामग्री अर्डर गर्थे र एक महिनाअघि नै नेपाल भित्र्याइसक्थे ।

तर यसपाली अवस्था यस्तो छैन । दशैँ तिहारका लागि चीनबाट आउने सर-सामान नाकामै रोकिएका छन् । नेपाल ल्याउन अर्डर गरेका लत्ताकपडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक सामग्री चीनको केरुङमा रोकिएका हुन् ।

केरुङबाट रसुवागढी नाका हुँदै चिनियाँ सामग्री नेपाल भित्रने गरेको छ । तर अत्यावश्यक स्वास्थ्य सामग्रीबाहेक अरु सामग्री रसुवागढीबाट ल्याउन हम्मेहम्मे भइरहेको छ । रसुवागढी नाकाबाट ९ महिनादेखि आयात हुन सकेको छैन ।

Recent Update