November 27, 2020, Friday
२०७७ मंसिर १२

बालिका बलात्कार गर्ने दोषीलाई कडा कारबाही गर्न नेविसंघको माग

201

काठमाडौं–नेपाल विद्यार्थी संघले बझाङको मष्टा गाउँपालिका की १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको घटनाप्रति दु:ख व्यक्त गर्दै यस्तो जघन्य तथा क्रुर अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरि कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ।

नेविसंघले शनिबार विज्ञप्ति जारी गर्दै यस्ता घटना दोहोरिन नदिन र दलित समुदायमाथि हुने गरेका विभिन्न प्रकारका प्रताडना रोक्न विशेष र कडा कानुन बनाउन  सरकारसँग माग गरेको छ। 

केही पहिले नवराज विकलगायतका युवाहरुको रुकुममा भएको नरसंहार र हाल सम्झना विकको बलात्कार गरी हत्या गरिएको घटनाले समाजमा दलित समुदायमाथि पाशविक आक्रमणका घटना बढ्न थालेको पनि प्रष्ट भएको संघले उल्लेख गरेको छ। 

Recent Update