November 28, 2020, Saturday
२०७७ मंसिर १३

हिमालयलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति रोक्न मन्त्री भट्टराईको निर्देशन

186

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले यती ग्रुपको मुख्य लगानी रहेको हिमालय एयरलाइन्सलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति तत्काल कार्यान्यवन नगर्न नेपाल नागरिक उड्ययन प्राधिकरणलाई निर्देशन दिएका छन्। मन्त्री भट्टराईले पहिलेदेखि नै आफै सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा गर्दै आएका थाई एयरवेज र एयर इन्डियाका विषयमा पनि विमानस्थलको क्षमता अध्ययन गरेर मात्र दिन मिल्ने वा नमिल्ने विषयमा काम अगाडि बढाउने निर्देशन प्राधिकरणलाई दिएका हुन्।

हिमालयलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको विषयमा सर्वत्र विरोध भएपछि मन्त्री भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर सो विषयमा निर्देशन दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार प्राधिकरण महानिर्देशक पोखरेलले मन्त्री भट्टराईसँग हिमालयललाई दिएको ग्राउन्ड ह्यान्डलिङ अनुमति २०७२ मा जारी भएको निदेशिकाअनुसार नै भएको बताएका थिए। 

हिमालयले निर्देशिकाकै व्यवस्था अनुसार सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति लिएको भएपनि उसँग ग्राउन्ड ह्यान्डलिङ सेवा संचालनका लागि आवश्यक उपकरण, जनशक्ति तथा अन्य क्षमता भए/नभएको अध्ययन गर्न मन्त्री भट्टराइले निर्देशन दिएका छन्। सोही क्रममा मन्त्री भट्टराईले अहिले तत्काल त्यो कामलाई रोक्ने निर्देशन दिएको स्रोतले बताएको हो।

Recent Update