November 25, 2020, Wednesday
२०७७ मंसिर १०

व्यवसायी ढकाललाई कोरोना संक्रमण

171

काठमाडौं–व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण देखिएको छ। आइतबार गरिएको स्वास्थ्य जाँचका क्रममा आज बिहान रिपोर्ट पोजेटिभ आएको उनले जनाएका छन्।

आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको र सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको उनले जनाएका छन्।

ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन्।

Recent Update