November 30, 2020, Monday
२०७७ मंसिर १५

सिर्जु र बिक्रमकाे खाेला खाल्सी हे माया सार्वजनिक

555

कलाकार तथा फिल्म निर्माता बिक्रम जंग शाह र चर्चित कलाकार सिर्जु अधिकारीकाे नेपाली नयाँ लोक दोहोरी गीत ‘खोला खाल्सी हे माया’ बजारमा आएको छ । उक्त गित आइतबार सार्वजनिक गरिएको हाे ।

अमृत खातीको संगीत तथा बिक्रम जंग शाहको शब्द रहेको उक्त गितको म्युजिक भिडियो S3K Entertainment को Official युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

काेराेना महामारीकै बिच काभ्रे जिल्लाका रमणीय विभिन्न ठाउँमा ठाउँमा छायांकन गरिएको उक्त गित स्थानीय लाेक संस्कृतिलाई बढि प्राथमिकता दिइएको छ । कमल सौरागको एरेन्ज,सागर गौतमको छायांकन,मनोज कार्कीको भिडियोमा सम्पादन रहेको छ । जुन गितको भिडियोलाई शिशिर बुढाथोकीले निर्देशन गरेका हुन ।

बिक्रम जंग शाह, सिर्जु अधिकारी, सन्जिब ठकुरी, रिना थापा, रामकुमार नेपाली, सन्ध्या सानु, सुबास बजगाईं, उषा सुबेदी, बिनोद तामाङ्ग, ऋतु तामाङ्ग, राज गिरी, मालती घले, बिबस बस्नेत, वर्षा तामाङ्ग, गोबिन्द गौतम, सलिना कार्की, अमृत खाती,आशिका खाती आदीको उक्त भिडियाेमा अभिनय देख्न सकिन्छ ।

बिक्रम जंग शाहले भिडियो बाट प्राप्त आम्दानीको २० प्रतिशत कलाकार सुलेमान शंकर ‘इकु’द्वारा संचालित स्नेहा बाल आश्रमलाई उपलब्ध गराउने घोषणा गरेका छन ।राष्ट्रिय संगितकर्मी संघका महासचिव समेत रहेका शाह लगाएत कलाका सिर्जुकाे टिमले निकै लामाे समय सम्म लकडाउनकाे समयमा अभावमा रहेका नागरिकहरुलाई काठमाडौं खाद्यान्न वितरण गरेको थियोे ।

Recent Update