November 25, 2020, Wednesday
२०७७ मंसिर ११

सुरक्षाकर्मीले तत्काल प्रोत्साहन भत्ता नपाउने 

372

कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीका लागि सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता स्रोतको अभावका कारण तत्काल दिन सक्ने अवस्था नरहेको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिष्‌दले निर्णय र बजेटमा समेत व्यवस्था भए पनि आर्थिक अवस्थामा केही सुधार आएपछि भत्ता दिन सकिने उसको भनाइ छ।हाल दिन नसक्नुको कारण अरू केही नभई सरकारको आर्थिक अवस्था अनुकूल नहुनु रहेको जनाइएको छ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव धनीराम शर्माका अनुसार  “हामीले नदिने भनेका छैनौँ, केही समय पर्खिनुहोस् भनेका छौँ। अहिलेको सङ्क्रमणका कारण सरकारसँग स्रोतको अभाव छ। यो स्थिति सहज भयो र सरकारको आर्थिक अवस्थामा सुधार भयो भने दिन्छौँ।बिबिसी

Recent Update